खगेन्द्रको ‘पानी फोटो’ भाद्र १० मा रिलिज हुने

फागुन १६, काठमाडौं – फिल्म ‘पानी फोटो’ को रिलिज मिति तय भएको छ ।
निर्देशनमा डेब्यु गरेका अभिनेता खगेन्द्र लामिछानेले भाद्र १० गतेलाई रिलिज मिति तय गरेका हुन् । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ ।

यसमा पुष्पा संगमको पार्श्व संगीत रहेको छ । फिल्मलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् ।

पोखरेल , अनुप बराल , मेनुका प्रधान , प्रकाश घिमिरे , माओत्से गुरुङ , बुद्धि तामाङ , कमलमणि नेपाल , अशान्त शर्मा , मलिका महत , प्रकाश घिमिरे, राधा श्रेष्ठ ,अजस्र ढुङ्गाना, कमल देवकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।