छ राजनीतिक दल र दुई मोर्चाद्वारा आज नेपाल बन्दको घोषणा

फागुन १६, काठमाडौं प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको बिरोधमा आज (सोमबार) नेपाल बन्दको आव्हान गरिएको छ।

एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध जनाउँदै आएका ६ राजनीतिक दल र दुई मोर्चाले आज नेपाल बन्दको आव्हान गरेका हुन्।
प्रनिनिधि सभाबाट आइतबार एमसीसी सम्झौता पारित भएको थियो।

सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे।

आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो।