‘हजुर मुसुक्कै’ शीर्षकमा फिल्म बन्दै

फागुन ११, काठमाडौं – गत हप्ता सार्वजनिक भएको ‘हजुर मुसुक्कै’ ट्रेन्डिङ दुईसम्म पुग्न सफल भयो । अब यही गीतको क्रेजलाई मध्य नजर गर्दै निर्देशक आग्रीले हजुर मुसुक्कै शीर्षकमा फिल्म पनि बनाउने भएका छन् ।

गीतको सफलता पछि केही दिन अघि राखिएको पत्रकार सम्मेलनमा उनले फिल्म बारे बोलेका हुन् ।  तर कलाकार भने सोही म्युजिक भिडियोको हुने छन् या छैनन् उक्त कुरा बारे निर्देशकले बोलेका भने छैनन् ।

म्युजिक भिडियोमा अभिनेता राजेश हमाल , नायिका निरुता सिंह , प्रियाना आचार्य ’मुन्नी’ झकेन बिसी, सुरवीर पण्डित, प्रिन्सी विश्वकर्मा र सन्तोष मग्राती फिचर्ड छन् । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा रचना रिमाल र कृष्ण विकको आवाज छ ।