च्याम्पियन्स लिग – पहिलो लेगमा चेल्सी विजयी

फागुन ११, एजेन्सी – च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा चेल्सी विजयी भएको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीले लिलेलाई २–० ले पराजित गरेको हो ।

चेल्सीका लागि आठौँ मिनेटमा हाभर्ट्ज र ६३ औँ मिनेटमा पुलिसिकले गोल गरेका हुन् । दोस्रो लेग लिलेको मैदानमा हुनेछ । पहिलो लेग जितेको चेल्सीको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

मंगलबार राति नै भएको खेको खेलमा इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब भिल्लारियलले बराबरी खेलेका छन् । घरेलु मैदानमा भएको खेलमा भिल्लारियल युभेन्टससँग १–१ को बराबरीमा रोकिएको हो ।