‘हनी बनी’मा सलोन बस्नेत अनुबन्धित

फागुन २, काठमाडौं – नर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘हनी बनी’मा नायक सलोन बस्नेत पनि अनुबन्धित भएका छन् ।

७ करोड लागतमा निर्माण हुन लागेको यस फिल्मलाई रबी इन्टरनेशलको प्रस्तुति रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा बनाउन लागिएको हो ।

फिल्ममा नयाँ अनुहारको पनि अभिनय रहनेछ । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् ।