प्रशिद्ध गायिका लता मंगेशकरको निधन

माघ २३, एजेन्सी – प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । उनको आइतबार बिहानमा मुम्बइमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वर कोकिलाका नामले समेत पुकारिने लताको ९२ वर्षको उमेरमा निधन भएको हो । मुम्बई स्थित अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

उनलाई कोरोना संक्रमणसँगै निमोनिया भएको थियो। संक्रमण पुष्टि भएपश्चात जनवरी ८ मा उनी अस्पताल भर्ना भएकी थिइन् ।मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा लता मंगेशकरको उपचार भइरहेको थियो ।