‘चम्पाकली’ मा नाजीर र गीताको अभिनय (भिडियो)

माघ १७, काठमाडौं – गायिका मेलिना र गायक रमेश कँडेलको स्वरमा रहेको गीत ‘चम्पाकली’ सार्वजनिक भएको छ ।

गीतको शब्द शीतल कादम्बिनीले कोरेकी हुन् भने सिडी विजय अधिकारीको लय सिर्जना गीतमा रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजन छ । करण चैंसिरले छायाँकन गरेको भिडियोको सम्पादन अमृत चापागाईँले गरेका हुन् ।

भिडियोको निर्देशन कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन् । डिएआर डिजिटल युट्युब बाट सार्वजनिक भएको गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र गीता ढुंगानाको रोमान्स देख्न सकिन्छ ।