आहा रारा – थ्री स्टार र आर्मी भिड्दै

माघ ११, पोखरा – पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज मंगलबार अन्तिम क्वाटरफाइनल खेल हुँदैछ ।

पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।