भोजपुरी फिल्ममा देखिदै शिल्पा

माघ ११, काठमाडौं –  नायिका शिल्पा पोखरेल भोजपुरी फिल्ममा अनुबन्धित भएकी छिन् । उक्त फिल्ममा उनले भोजपुरी सुपरस्टार दिनेशलाल यादव (निरहुआ)सँग स्क्रिन सेयर गर्ने छिन् ।

निर्देशक सोनु खत्रीले निर्देशन गर्ने ‘निरहुआ चलल लण्डन २ र हनुमान की गली’मा मुख्य नायिकाको रुपमा फाइनल भएकी हुन् ।

फिल्ममा आम्रपाली दुवे, देव सिंह, अनुप अरोरा, अशी तिवारीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

यी दुवै फिल्ममा सोही कलाकारहरू हुने छन् । शिल्पाले यस अघि दुई भोजपुरी फिल्म ‘प्रेम गीत २ र जय शम्भु’ मा अभिनय गरिसकेकी छन् ।