थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

माघ ७, काठमाडौं -आज थप १० हजार ७०३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ६६ जना कोभिडमुक्त र ३ जनाको मृत्यु भएको छ। शुक्रबार देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ।