‘झम्के साँझैमा’ बोलको गीत सार्वजनिक

माघ ६, काठमाडौं – गायक बिक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वर रहेको नयाँ गीत ‘झम्के साँझैमा’ सार्वजनिक भएको छ ।

गीतमा अमृत खातीको शब्द तथा संगीत छ ।गीतको भिडियोमा सन्जीव ठकुरी र रुविना अधिकारीको अभिनय देख्न सकिन्छ ।

काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा मुकेश हुमागाईंको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।

भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।