पीएम कप – उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

माघ ५, एजेन्सी-  प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज बुधबार हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने फाइनलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । एपीएफ र पुलिसबीचको फाइनल खेल बिहान १० बजे सुरु हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख र उप–विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।