‘फोन उठाउने हरियोले’ बोलको गीत सार्वजनिक (भिडियो)

माघ ४, काठमाडौं – ‘फोन उठाउने हरियोले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राजन राज सिवाकोटी र एलिना चौहानले आवाज दिएको गीतको शब्द रोशनीले कोरेकी छिन् ।

राजेन्द्र श्रेष्ठले गीतमा संगीत भरेका छन् । शिव बि.क ले भिडियोको निर्देशन गरेका हुन् ।

कलाकार रियासा दाहाल, बेगम नेपाली, मनराज श्रेष्ठ, करुणा श्रेष्ठ, राजकुमार देवकोटा, आकृति न्यौपानेलाई भिडियोमा देख्न सकिन्छ ।

भिडियोलाई प्रकाश खड्काले छायाङ्कन गरेका हुन् । गीतको सम्पादन पदम सुवेदीले गरेका छन् भने कलर मिलन विश्वकर्माको रहेको छ ।