कोरोना त्रासः माघ १५ गतेसम्म सिनेमा हल बन्द

माघ ३, काठमाडौं – सिनेमा हल , जिम लगायत मनोरञ्जन क्षेत्रहरू अनिश्चित कालको लागि फेरी बन्द भएका छन् । कोरोनालाई मध्य नजर गर्दै सरकारले बिज्ञप्ती निकाल्दै माघ १५ सम्मको लागि यी क्षेत्रहरू बन्द गराएको हो ।

कोरोनाका कारण यस अघि पनि दुई पटक बन्द भएको सिनेमा हलको यो तेश्रो बन्द हो ।

पहिलो चरणको महामारीमा करिब ९ महिना बन्द भएर खुलेका हलहरू सरकारले तीन महिनामै फेरि बन्द गराएको थियो ।