इजिप्टको पहिलो जित

माघ २, एजेन्सी  – अफ्रिका कप अफ नेसन्समा इजिप्टले पहिलो जित दर्ता गरेको छ ।

समूह ‘डी’ अन्तर्गत रोम्डे अडिजिया स्टेडियमा सनिबार राती भएको खेलमा गिनी–बिसाउमाथि १–० को जित दर्ता गरेको हो ।

इजिप्टको जितमा मोहमद सलाहले गरेको एकमात्र गोल निर्णायक बन्यो ।

सलाहले खेलको ६९ औ मिनेटमा गरेको गोलको मदतमा इजिप्टले दुई खेलमा पहिलो जित दर्ता गर्यो ।

यस अघि इजिप्टले आफ्नो पहिलो खेलमा नाइजेरियासँग १–० ले पराजित भएको थियो ।

शनिबार राती नै भएको खेलमा नाइजेरियाले सुडानमाथि ३–१ गोल अन्तरको जित दर्ता गर्यो ।