विश्वमा एकदिनमै थपिए ३० लाख ४० हजार कोरोना संक्रमित

पुस ३०, काठमाडौं – पछिल्लो २४ घण्टामा विश्वभर ३० लाख ४० हजार कोरोना संक्रमित थपिएका छन्। थपिनेमा अमेरिकामा ६ लाख ८० हजार, फ्रान्समा ३ लाख ५ हजार, इटालीमा एक लाख ८४ हजार, स्पेनमा एक लाख ५९ हजार र अर्जेन्टिनामा एक लाख २८ हजार छन् ।

बेलायतमा एक लाख ९ हजार, ब्राजिलमा ९७ हजार, जर्मनीमा ९३ हजार र टर्कीमा ७५ हजार थपिएका छन् ।

६ हजार ९५९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा एक हजार ६३३, रुसमा ७४०, पोल्याण्डमा ४८१, बेलायतमा ३३५, इटलीमा ३१६, जर्मनीमा २६१, फ्रान्समा २२५, ब्राजिलमा १९० र टर्कीमा १५३ जना छन् ।

यही अवधिमा ११ लाख ११ हजार जना कोरोनामुक्त भएका छन्। कोरोनामुक्त हुनेमा फ्रान्समा ९३ हजार, बेलायतमा ८९ हजार, इटालीमा ८२ हजार, अमेरिकामा ७१ हजार र टर्कीमा ५१ हजार छन्।