हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’ बोलको गीत सार्वजनिक (भिडियो)

पुस ३०, काठमाडौं – हास्य कलाकार हरिवंश आचार्यको शब्द, संगित र आवाजमा नयाँ गीत ‘कर्कलो कोक्याउला’ रिलिज भएको छ । किरण तुलाधरको संगीत संयोजन रहेको गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन् ।

सुशील सापकोटाको छायांकन र सुरक्षा पन्तको पटकथा भिडियोमा समावेश छ साथै भूपेन्द्र अधिकारीको भिजुयल मास्टरिङ्ग, श्री कृष्ण श्रेष्ठको भि.एफ.एक्स र रेनिस फागोको रङ्ग संयोजन भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा कलाकार हरिवंश आचार्य,स्वस्तिमा खड्का,श्याम पाण्डे,महेश त्रिपाठी,नवीन लम्साल,रुक्मिला अधिकारी र विमल खड्काको अभिनय रहेको छ ।