गायक ओकिलीको स्वरमा ‘सिमल भुवा’ सार्वजनिक (भिडियोसहित)

पुष २३, काठमाडौं –गायक अनिश ओकिलीले आफ्नै आवाज, शब्द तथा संगीतमा ‘सिमल भुवा’ सार्वजनिक गरेका छन्।

गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो। भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ।

प्रिया रानी लामा र प्रज्वल श्रेष्ठले भिडियोमा अभिनय गरेका छन्। यस्तै विकास मगरको छायांकन, सम्पादन र कलरिङ भिडियोमा समावेश छ।