पुरन प्रधानको आवाजमा ‘गोरो मुहार’ सार्वजनिक

पुष २२, काठमाडौं – पुरन प्रधानको आवाजमा ‘गोरो मुहार’ को बोलको गीत सार्वजनिक भएको छ। विनय दवाडीको शब्द तथा संगीतमा बनेको गीतको संगीत संयोजन रोमी बस्नेतले गरेका छन् । अनुप चापागाईँले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।

विकास दाहालको सम्पादनमा भिडियो तयार भएको छ । भिडियोमा कलाकार सुनिल क्षत्री, उषा उप्रेती र अपेक्षा बजगाईँले अभिनय गरेका छन्। भिडियो हाई–लाइट नेपालको च्यानल मार्फत सार्वजनिक भएको छ ।