न्युजिल्याण्डमाथि बंगलादेशको जित

पुष २१, एजेन्सी – न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेट बंगलादेशले आठ विकेटले जितेको छ । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर भेटायो ।

घरेलु मैदानमा १७ खेलमा अपराजित रहेको विश्व टेष्ट च्याम्पियन न्युजिल्याण्डलाई हराएर बंगलादेशले ऐतिहासिक सफलता हात पारेको हो ।

बंगलादेशले टेष्ट क्रिकेटमा न्युजिल्याण्डलाई हराएको यो पहिलोपटक हो । यस्तै, बंगलादेशले न्युजिल्याण्डमा भएका कुनै पनि फर्म्याटका खेल अहिलेसम्म जित्न सकेको थिएन । यो नै न्युजिल्याण्डमा बंगलादेशको पहिलो जित हो ।