भारतमा बढ्दै कोरोन, दिल्लीमा साताको दुई दिन कर्फ्यू

पुष २१, एजेन्सी-  भारतमा कोभिड–१९ महामारीको तेस्रो लहर तिब्र रूपमा फैलिएको छ। विशेषगरी राजधानी नयाँ दिल्ली र मुम्बईमा व्यापक मात्रामा कोरोना संक्रमण फैलिएको छ।

पछिल्लो २४ घन्टामा भारतमा कोरोनाका ३७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यो संख्या एक साताअघिको तुलनामा तीन गुणा बढी हो । संक्रमण बढेसँगै मंगलबार दिल्ली सरकारले साताको दुई दिन कफ्र्यूको घोषणा गरेको छ।

दिल्लीमा शनिबार र आइतबार अब कर्फ्यु रहनेछ । अत्यावश्यकबाहेकका सबै सरकारी काम अब घरबाटै हुनेछ।