एक दिनमा विश्वभर ८ लाख कोरोना संक्रमित थपिए

पुस १९, एजेन्सी – विगत २४ घन्टामा विश्वभर ८ लाखको हाराहारीमा कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ८ लाख एक हजार ४१९ जनामा संक्रमण पुष्टि भएको छ।

यही अवधिमा ३ लाख ४१ हजार ४५२ जना कोरोनामुक्त भएका छन् भने २ हजार ८७५ जनाको मृत्यु भएको छ। अमेरिकामा एक लाख ६९ हजार, बेलायतमा एक लाख ३७ हजार, फ्रान्समा ५८ हजार, इटालीमा ६१ हजार र टर्कीमा ३३ हजार थपिएका छन्।