आजदेखि माओवादीको राष्ट्रिय महाधिवेशन सुरु

पुस ११, काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रको आजदेखि राष्ट्रिय महाधिवेशन सुरु हुने भएको छ । काठमाडौंमा सुरु गर्न लागेको राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष्ँ बाहेक चयन नगर्ने सम्भावना बढेको छ।

राष्ट्रिय सम्मेलन आयोजना गर्ने भनेको माओवादी केन्द्रले उद्घाटन हुनुभन्दा केही घण्टामात्र अघि सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ।

उक्त राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समितिमात्र चयन गर्ने र अन्य पदाधिकारी पछि चयन गर्ने सम्भावना रहेको बताइएको छ ।

महाधिवेशन नेतृत्व चयन भन्दा पनि विचारको बहसमा केन्द्रीत गर्नुपर्ने प्रचण्डको भनाइ छ। उनले महाधिवेशनमा पेस गर्ने प्रस्तावसमेत स्थायी कमिटीमा पेस गरेका थिए र त्यहाँ प्राप्त सुझावका आधारमा त्यसलाई पूर्णता दिएका छन्।