‘काफल कम्ला´को फिमेल भर्जनमा स्वस्तिमा

पुष ८, काठमाडौं – काफल कम्लाझको फिमेल भर्जन सार्वजनिक भएको छ ।

जनक ताम्राकारको शब्द तथा आवाजमा सार्वजनिक भएको फिमेल भर्जनमा गायिका अस्मिता अधिकारीले आवाज दिएकी छिन् । भिडियोमा नायिका स्वस्तिमा खड्कालाई देखाइएको छ ।

असिम शाहको निर्देशनमा बनेको भिडियोलाई जिटुवानको युट्युब च्यानल बाट रिलिज गरिएको छ ।

सौरब लामिछानेको सम्पादन र छायांकन भिडियोमा समावेश छ । गीतको स्पेसल एपिरेन्समा निर्देशक तथा कलाकार निश्चल बस्नेत पनि रहेका छन् ।