कांग्रेसको पिछडिएको क्षेत्र केन्द्रीय सदस्यमा सिंह विजयी

पुष ३, काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा केन्द्रीय सदस्य पिछडिएको क्षेत्र खुला एक पदमा अर्जुनजंगबहादुर सिंह विजयी भएका छन् ।

शुक्रबार सम्पन्न मतपरिणामअनुसार सिंह दुई हजार ५७७ मत प्राप्त गरी विजयी हुनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी दीपकजङ्ग शाहले दुई हजार ५६ मत प्राप्त गरे । मतदानमा जम्मा चार हजार ६७२ मत खसेकामा ३९ मत बदर भएको थियो ।