ब्लु लोटसले टाउको दुखाइ र माइग्रेनको निःशुल्क परीक्षण गर्दै

पुष २, काठमाडौं – नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ सहितको समूहबाट संचालित ब्लु लोटस हस्पिटल र यसका जोइन्ट भेन्चरहरु ॐ ब्लु लोटस हेल्थ होम, सातदोबाटो र ब्लु लोटस हेल्थ होम केयर, चुच्चेपाटीले संयुक्त रुपमा टाउको दुखाइ र माइग्रेनको निःशुल्क परीक्षण गर्ने भएका छन् ।

यही पौष १ गते देखी १० गते सम्म, विहान ७ बजे देखि बेलुका ७ बजे सम्मको लागि टाउको दुख्ने वा माइग्रेनको निःशुल्क परीक्षण गर्न लागेको ब्लु लोटसका निर्देशक डा. सुरज कर्मचार्यले बताए । उनले यो परिक्षणले समयमा माइग्रेनको चेकजाँच संगै माइग्रेनबाट छुटकारा पाउने उनले बताए । उनले भने ‘ निःशुल्क परीक्षणको समयमा माइग्रेनको चेकजांचको साथै खानपान, जीवनशैली र माइग्रेनबाट छुटकारा पाउने उपाय समेत सिकाइने छ ।’

माइग्रेनको उपचारमा आफुहरुले अव्वल सफलता पाइरहेको, बिरामी तथा आफन्तकले दिनुभएको प्रतिक्रियाले आफु उत्साहित बनेको र आफुलाई माइग्रेनमुक्त समाजको परिकल्पना आउने गरेकोले त्यही गन्तब्यको लागि यो निःशुल्क परीक्षण गरिएको ब्लु लोटस हेल्थ होमका प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीले बताए ।

माइग्रेनको उपचारमा संलग्न डा. कमल शर्मा, डा. ईश्वर ज्ञवाली, डा। लोकेश कर्ण, डा. नानु गुरुङ, डा. प्रसिद्द खड्गी, डा. प्रशन्न तिवारीले टाउको दुख्ने वा माइग्रेनले दुःख दिइराखेको छ भने एक पल्ट निःशुल्क परीक्षणमा सहभागी हुन अनुरोध गरे ।

अकुपञ्चर, फिजियोथेरापी, अयुर्वेद, पञ्चकर्मा मार्फत बैकल्पिक चिकित्सामा नेतृत्वदायी भूमिका खेल्दै आएको छ यो निःशुल्क परीक्षणमा सहभागी हुनको लागि त्रिपुरेश्वर ०१–५३६१३९९, सातदोबाटो ०१–५५५०३५०, र चुच्चेपाटी ०१–४४९५१३३ मा फोन गरेर नाम दर्ता गर्नुहुन प्रशासनको अनुरोध छ ।