कबड्डी ४ को पोष्टर सार्वजनिक

पुष २, काठमाडौं – चलचित्र कबड्डी ४ को पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा फिल्मका मुख्य पात्र दयाह्याङ राई लाई देखाइएको छ ।

चलचित्रमा दयाहाङको अलावा, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, जयनन्द लामालगायतको मुख्य भूमिका रहने छ ।

फिल्मलाई मणिराम पोखरेलले निर्माण गर्नेछन् भने रामबाबु गुरुङले निर्देशन गर्ने भएका छन् ।