नाडाको अध्यक्षमा ध्रुव थापा विजयी

मंसिर २४, काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी करण चौधरीलाई ६६ मतले पराजित गर्दै थापा विजयी भएका हुन् ।

थापाले १४१३ मत प्राप्त गरे भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका छन् ।त्यसैगरी सदस्यतर्फ ध्रुव थापा प्यानलबाट ५ जना र चौधरीको प्यानलका १२ जना विजयी भएका छन् ।

नाडा निर्वाचन समितिका अनुसार २७ सय ८८ मत खसेको थियो। यस्तै ७ जना संस्थागत सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। नाडामा अध्यक्ष र १७ जनाको निर्वाचन हुने र पछि सदस्यहरुबाटै पदाधिकारी चयन हुने व्यवस्था छ ।