चलचित्र ‘चिसो एस्ट्रे’ को पोष्टर सार्वजनिक

मंसिर २४,काठमाडौं – फिल्म ‘चिसो एस्ट्रे’को प्रदर्शन मिति पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकारलाई देखाइएको छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् । बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन फिल्ममा समावेश छ । फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् ।

निकुन श्रेष्ठ, नवीन लम्साल, सुशीलराज पाण्डे, रविन तामाङ र सृष्टि श्रेष्ठको फिल्ममा मुख्य भूमिका रहेको छ िदिनेशले लेखन तथा निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । फिल्मको सह निर्मातामा रुपेश ढुंगाना र नवीन ढुंगाना छन् ।