स्पेनिस ला लिगा- एट्लेटिको पराजित

मंसिर १९, एजेन्सी स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड पराजित भएको छ ।

शनिबार राति भएको खेलमा एट्लेटिको मालोर्कासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

यस हारसँगै एट्लेटिकोले शीर्ष दुईमा उक्लने अवसर गुमाएको छ । एट्लेटिको २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।