रावल पक्षलाई भोट नहाल्न भन्दै ओलि पक्षको सुचि सार्वजनिक, बिरोध गर्दै रावल पक्ष

 

मंसिर १४, चितवन – नेकपा (एमाले)को १०औँ महाधिवेशनमा अध्यक्षसहितका पदमा सहमति जुट्न नसकेपछि मंगलबार बिहानबाट मतदान जारी छ।

अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली सूचीमा नपरेका उम्मेदवारलाई भोट नहाल्न एमाले अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले बाँडेको कागजप्रति रावलले पर्चा बाँड्नु निर्वाचन आचारसंहित विपरीत रहेको भन्दै आपत्ति जनाएका छन् ।

मतदानका क्रममा ओली पक्षले आफ्नो सूचीमा नपरेकाहरुलाई भोट नहाल्न महाधिवेशन प्रतिनिधिहरुलाई प्रिन्टेट सूची दिएको छ।

उनले यसलाई धाधलीको रुपमा लिएका छन् । उनले भने ‘यस्तो धाँधली यति ठूलो पार्टीमा हुनु, आफैं आचारसंहिता बनाउने, आफैं कार्यान्वयन नगर्नु भनेको लोकतन्त्रप्रतिको निष्ठा, लोकतन्त्र बलियो बनाउने कुरामा समस्या उत्पन्न हुन्छ,’