एमाले वरिष्ठ उपाध्यक्षमा पोख्रेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित

मंसिर १३, चितवन नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोख्रेल निर्विरोध भएका छन्। त्यस्तै महासचिवमा शंकर पोखरेल र उपमहासचिवहरुमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन्।

अन्य व्यक्तिले उक्त पदमा उम्मेदवारी दर्ता नगराएकोले उनीहरु सर्वसम्मत चयन भएका हुन्। केन्द्रीय निर्वाचनले निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने गरिसकेको छैन।