महासचिवमा अरुको दाबी नपरेपछि शंकर पोखरेल निर्विरोध निर्वाचित

मंसिर १३, चितवन  – नेकपा एमालेको महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा कसैको उम्मेदवारी नपरेको कारण उनी महासचिवमा निर्विरोध निर्वाचित भएका हुन् ।यसको औपचारिक घोषणा हुन भने बांकी छ

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचिको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।