एमाले स्थायी कमिटी बैठक बस्दै

मंसिर ७, काठमाडौं – आज एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने बैठकले महाधिबेशन प्रतिनिधि मनोनित गर्ने बताइएको छ ।

निर्वाचित भएर आएका बाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।

यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजित एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।