‘ए’ डिभिजन लिग – आज दुई खेल हुँदै

मंसिर ६,काठमाडौं – सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत पहिलो चरणको अन्तिम दिन आज सोमबार दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

आर्मी र पुलिसबीचको विभागीय डर्बी खेल दिउँसो १ बजे सुरु हुनेछ। मछिन्द्र र एनआरटीबीचको खेल ४ः४५ बजे सुरु हुनेछ।