रोशनी र सुधीरको ’फुर्के जुँगा’ (भिडियो)

मंसिर ६, काठमाडौं – तेजेश रेग्मी र समीक्षा अधिकारीको आवाजमा गीत ’फुर्के जुँगा’ इन्टरनेट रिलिज गरिएको छ ।

सपना बानियाको शब्द र गायक रेग्मीको संगीतमा गीत तयार गरिएको हो । भिडियोको निर्देशन निर्देशक आदित्य बुढाथोकीले गरेका हुन् । सुधीर श्रेष्ठ, रोशनी कार्की ,राज र सोफिया बज्राचार्य भिडियोमा फिचर्ड छन् ।

मुकेश हुमागाईँले भिडियोको दृश्य कैद गरेका हुन् भने सम्पादन पदम सुवेदी र कलर मिलन विश्वकर्माको रहेको छ ।