ए लिग आजबाट- सातदोबाटो र फ्रेन्ड्स बीच प्रतिस्पर्धा

मंसिर ३, काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटलब आजबाट शुरु हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस पटकको लिग विजेताले ७५ लाख पाउने छन् । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् ।