‘कति बस्छौ माइतीकै कौसीमा’ नयाँ भर्सनमा

मंसिर ३, काठमाडौं  – कुनै बेलाको चर्चित गीत कति बस्छौ माइतीकै कौसिमा’ नयाँ भर्सनमा  निकालिएको छ ।

गायक राम थापाले गाएको सफल उक्त गीतलाई नयाँ भर्सनमा  गायिका अन्जु पन्त र गायक हिमाल श्रेष्ठले स्वर दिएका छन् ।

मुरारी प्रसाद लामिछानेको शब्द तथा संगीत रहेको गीतलाई युवा संगीतकार भीम विष्टले नयाँ स्वरूप दिएका हुन् । भिडियोमा दिपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय रहको छ ।