नेपालको स्वच्छ ऊर्जा विकासमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

कात्तिक १५, काठमाडौं  – कोप –२६ मा सहभागि हुन लण्डन पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा नवीन प्रविधि भित्र्याउन बेलायतको सहयोगको अपेक्षा गर्दै प्रधामन्त्री देउवाले ‘ग्रिन एण्ड क्लीन’ ऊर्जामा लगानीका निम्ति संयुक्त अधिराज्यका उद्योगपति व्यापारीलाई नेपाल गन्तव्य बनाउन आग्रह गरेका छन् ।

आइतबार नै यहाँस्थित भूतपूर्व गोर्खा सैनिक सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले बेलायती कानुनअनुसारको माग राख्न आग्रह गर्दै उनीहरूका समस्या समाधानमा नेपाल सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए।
प्रधानमन्त्रीको सम्मानमा लण्डनस्थित नेपाली दूताबासका कार्यवाहक राजदूत रोशन खनालले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए। साथै उनले जलवायु परिवर्तनका असरले नेपालमा पारेको प्रभावलाई मुख्य मुद्दाका रुपमा प्रस्तुत गर्ने बताए।

कोप–२६ मा नेपालको उपस्थितिबारे मन्तव्य राख्दै उनले भने, ‘पछिल्लो समयमा जलवायुजन्य विपद्ले पारेको प्रभाव, जलवायुजन्य हानी नोक्सानी, अनुकूलन र न्यूनीकरणलगायत विषय नेपालको धारणा राख्नेछु ।’