हिसान गण्डकीका अध्यक्षमा बराल

कात्तिक ७, काठमाडौँ – उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) गण्डकी प्रदेशको अध्यक्षमा रमाकान्त बराल निर्विरोध चयन भएका छन् ।

सङ्घको पोखरामा शनिबार साँझ सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले उनका अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको हो । सङ्घीयताको कार्यान्वयनपछि हिसानले पहिलोपटक प्रादेशिक सम्मेलनमार्फत नेतृत्व चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा रामजी शर्मा (कास्की), उपाध्यक्ष छविलाल कँडेल (नवलपुर), सचिव डा पुण्यप्रसाद पौडेल (कास्की), कोषाध्यक्षमा राजेन्द्रमणि पौडेल (कास्की), सहसचिवमा बालाकृष्ण शर्मा (बाग्लुङ) र सहकोषाध्यक्षमा प्रताप कोइराला (नवलपुर) चयन भए । यसैगरी सदस्यमा कमलराज सापकोटा (कास्की), लीलानाथ काफ्ले (तनहुँ), जनक केसी (गोरखा), धनबहादुर थापा (कास्की), लीलावती प्रधान (कास्की) र दीपक शर्मा मरासिनी (स्याङ्जा) रहेका छन् ।

सल्लाहकारमा शेरबहादुर गुरुङ, सूर्यबहादुर जिसी, बाबुराम पन्त, डोलराज पाण्डे, गोपेन्द्र केशरी न्यौपाने र प्रकाश शर्मा पौडेल चयन भए । आमन्त्रित सदस्यमा डा त्रिभुवन शर्मा पौडेल भएका हिसानका केन्द्रीय उपाध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष बरालले निजी विद्यालय तथा कलेजको लगानी संरक्षण तथा शैक्षिक गुणस्तर कायम गर्नका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । हिसानको पहिलो प्रदेश अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुभारम्भ गरेका थिए ।