स्वास्थ्य सेवा प्रवाह : दुर्गमले उछिन्यो सुगमलाई

कात्तिक ७, काठमाडौँ – दुर्गम क्षेत्रकोे बारेकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा अन्य पालिकालाई उछिनेको छ । स्वास्थ्य सेवा कार्यालयले स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाई गरेका समीक्षामा अन्य सात पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएकोे जनाएको छ । अघिल्लो आर्थिक वर्षमा बारेकोट पहिलो नै भएको थियो ।

स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका ४३ सूचकलाई आधार बनाई गरिएका समीक्षामा बारेकोटले १०० मा ६१.९२ अङ्क ल्याएर प्रथम भएको हो । त्यस्तै भेरी र नलगाड नगरपालिका क्रमशः दोस्रो र तेस्रोे भएको सो कार्यालयले जनाएको छ ।

यसैगरी छेडागाड नगरपालिका ४९.६०, कुशे ५४.६१, शिवालय ४८.२६ र जुनिचाँदे गाउँपालिकाले ४२.१७ अङ्क प्राप्त गरेका थिए ।