‘माया पिरेम’ मा साम्राज्ञी र अलिशाको अभिनय

असोज २२, काठमाडौं – ट्री एन्टरटेन्मेन्टको प्रस्तुतिमा म्युजिक भिडियो ’माया पिरेम’ इन्टरनेट रिली भएको छ ।

विश्व नेपाली र अस्मिता परियारको आवाज रहेको गीतको शब्द डीपी खनालको रहेको छ । शंकर स्माइलले गीतमा संगीत भरेका छन् । उदय राज पौडेलले गीतको संगीत संयोजन गरेका हुन् ।

माइकल चन्दको निर्देशन रहेको भिडियोमा साम्राज्ञी शाह र अलिशा शर्मा फिचर्ड छन् ।

उत्सव दाहालले दृश्य कैद गरेको भिडियोको सम्पादन तथा कलरिङ् शिलोन लम्सालले गरेका हुन् ।