आइपीएलमा मुम्बई इन्डियन्स विजयी

असोज २०, एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध सहज जित निकालेको छ ।

मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो । जितसँगै मुम्बईले प्ले अफ सम्भावना कायमै राखेको छ ।