राप्रपाको ४७ जिल्लाको अधिवेशन सकियो

असोज २०, काठमाडौं  – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकताको राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।

यही २७ देखि ३० कात्तिकसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि अहिले जिल्लाको अधिवेशन भइरहेको छ । राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण भएपश्चात् पहिलो पटक एकताको महाधिवेशन हुन लागेको हो ।

पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा संयुक्त राप्रपा नेपालमा समाहित भएपछि पहिलो पटक महाधिवेशन हुन लागेको हो ।

राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा, धवलशम्शेर राणा र राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्ने तयारी छ ।