रुसी र टर्कीस राष्ट्रपतिबीच भेटवार्ता, सिरियाबारे कुराकानी

असोज १४, काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्डोगानबीच भेटवार्ता भएको छ । उनिहरुले पछिल्ला वर्षहरुमा रुस र टर्कीले गरेका सहकार्यहरुका बारेमा कुराकानी भएको बताइएको छ ।

उनिहरुबीच पछिल्लो समयमा सिरियाल र लेबनानका विषयमा भएको सहकर्यका विषयमा कुराकानी भएको बताइएको छ ।

प्राप्त समाचारअनुसार उनिहरुकाबीचमा भएको कुराकानीले आगामी दिनमा पनि सो सहकार्यले निरन्तरता पाउने सहमति भएको बताइएको छ । रुस र टर्कीको संयुक्त सैन्य समूहले पछिल्ला केही वर्षयता सिरियामा सहकार्य गरिरहेको छ । सिरियामा अतिवादीहरुका विरुद्धमा यी दुई देशबीचको सेनाले संयुक्त सैन्य कारबाही पनि गर्दै आएको छ ।

सिरियामा जारी रहेको सैन्य र अन्य सहकार्य सफल रहेको निष्कर्ष पनि दुई नेताहरुले निकाल्नु भएको थियो । टर्कीस् राष्ट्रपति एर्डोगानले रुसी राष्ट्रपति पुटिनसँग सैन्य, व्यापार तथा लगानीका अन्य विषयहरुमा पनि कुराकानी भएको बताएका थिए ।

उनले लामो समयपछि भएको यो उच्चस्तरीय भेटवार्ता द्धिपक्षीय सम्बन्धको विकास र विस्तारका लागि ठूलो सहयोग पुग्ने बताए । रासस /सिन्ह्वा