दुर्घटनाबाट जोगिने उपाय

असोज ७, काठमाडौं – ट्राफिक नियम पालना नगर्दा होस् वा नियमसम्बन्धी जानकारी नभएर अहिले दिनप्रतिदिन सडक दुर्घटना हुने क्रम बढिरहेको छ । यसरी दिनप्रतिदिन सडक दुर्घटना बढ्दै जानुका कारण सवारी चालक र पैदलयात्रु जिम्मेवार रहेका हुन्छन् । दुर्घटना बाट बच्न निम्न उपायहरु निम्न उपायहरु रहेका छन् ।

पैदल यात्रीहरूका लागि

बाटोमा पेटीबाट मात्र हिँड्ने ।

जेब्राक्रसिङबाटै बाटो काट्ने ।

बाटोमा हिँड्दा इयरफोन प्रयोग नगर्ने ।

राति चम्किलो लुगा लगाएर हिँड्ने ।

मोबाइलमा कुरा गर्दै नहिँड्ने ।

दायाँ–बायाँ हेरेर मात्र बाटो काट्ने ।

सवारी चालकका लागि

तीव्र गतिमा सवारी नचलाउने ।

दुई पाङ्ग्रे सवारी चालकले हेलमेट, पञ्जा तथा बाक्लो कपडा लगाउने ।

लेनअनुसार सवारी साधन चलाउने ।

टाउकाको सुरक्षाका लागि हेल्मेटको बेल्ट अनिबार्य बाँध्ने ।

सवारी साधन चारैतिर हेरेर मात्र मोड्ने ।

 ट्राफिक नियमका बारेमा सचेत रहने ।