रचना र डिपीको स्वरमा ‘पर्नु पिर प¥यो’ बोलको गीत सार्वजनिक (भिडियो)

असोज ६, काठमाडौं – गायिका रचना रिमाल र गायक डिपी खनालको स्वरमा रोमान्टिक गीत ‘पर्नु पिर प¥यो’को भिडियो सार्वजनिक भएको छ ।

गायक डी.पीकै शब्द साथै संगीत गीतमा समावेश छ । डस म्युजिकको प्रस्तुति रहेको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

भिडियोमा मोडल सुधीर श्रेष्ठ र रेश्मा घिमिरेको अभिनय रहेको छ । गीतकी निर्माता सदु थापा खनाल हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियो बिजेश पौडेलले सम्पादन, कलर तथा भिएफएक्स गरेका छन् ।