टिकाउ मेकअपका लागि टिप्स

भदौं २८, काठमाडौं – नारी सौन्दर्यमा मेकअपले विशेष महत्त्व राख्छ । दौडधुप धेरै गर्नुपर्ने महिलाहरूका छोटो समयमा मेकअप गर्नुपर्ने हुन्छ । छोटो समयका लागि टिकाउ मेकअपका केहि टिप्स यहाँ प्रस्तुत गरिएको छ ।

-क्लिनजिङ गर्न समय लाग्ने हुनाले वेट टिस्युले मजाले अनुहार पुछ्ने ।

–छालाको प्रकृतिअनुसार मोश्चराइजर लगाउने । सनब्लक लगाएपछि दागधब्बा छोप्नका लागी कन्सिलर र स्किन अनुसारको फाउण्डेसन लगाउने ।

–आंखाको मेकअप गर्दा अनुहार र पहिरन सुहाउंदो आइस्याडो लगाउने । त्यसपछि वाटरपु्रm आइलाइनर, मस्करा र गाजल लगाउने ।
आइब्रोमा ब्राउन कलरको ब्राउज कलरले सेप बनाएर क्रमश फंैलाउंदै लैजाने । र नयां आकारको सेप दिने ।

–ओठको सेप मिलाएर ब्रसद्धारा लिपस्टिक या ग्लस लगाउने । अन्तमा ब्लसर लगाएर मेकअप फिक्सरले पुरा अनुहारको मेकअप फिक्स गर्ने ।

–यसरी मेकअप गर्दा १० मिनेट भन्दा बढी समय लाग्दैन र मेकअप लङलास्टिङ ( दिनभर टिकाउ ) हुन्छ ।