संखुवासभा हत्या प्रकरणः हत्यामा संलग्न अभियुक्त सार्वजनिक

भदौं २७, काठमाडौं  -प्रहरीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ।
संखुवासभाको चैनपुर इलाका प्रहरी कार्यलयले पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गरेको हो।
व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले सोमबार बिहान ६ जनाको हत्या गरेका थिए।

हत्या भएकामा ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्की छन्।