प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, बिरोध गर्ने एमाले रणनीति

भदौं २७, काठमाडौं  – प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो। सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिको यो पहिलो संसद् बैठक हो।

अध्यादेशसम्बन्धी दर्जन प्रस्ताव पेश हुने सम्भावित कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्विकृतीका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। यसैगरी प्रधानमन्त्रीले नै रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेश गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ।